घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य दुई लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४५ रुपैयाँले घटेर तोलामा तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी तीन हजार ६० रुपैयाँ कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.