काठमाडौं । काठमाडौंका विभिन्न १९ सार्वजनिक ठाउँमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएको छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, पशुपति मन्दिर क्षेत्रलगायत ठाउँमा ब्याण्डविथ १० एमबीपीएसबाट बढाएर १५० एमबीपीएस पुर्याइएको छ ।
प्रत्येक डिभाइसका लागि ५ सय एमबी इन्टरनेट उपलब्ध हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । नयाँ बसपार्क, भक्तपुर अस्पताल, कीर्तिपुर अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत ठाउँमा नयाँ वाइप(mाइ जडान र क्षमता विस्तार भएको मन्त्रालयले जनाएको छ । नेपाल टेलिकम, वल्र्ड लिङ्क र भायनेटले यसका लागि सहकार्य गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले कार्यभार सम्हाले लगत्तै पहिलो निर्णय दुई महिनाभित्र काठमाडांै उपत्यकाका सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने बताएका थिए ।








Comments are closed.