नेपाल वितरक महासंघको सचिवालय उद्घाटन

काठमाडौं । नेपाल वितरक महासंघको सचिवालय उद्घाटन भएको छ । वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरको पाँचौ तलामा सचिवालय स्थापना गरी बुधबार उद्घाटन गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथा निर्यात परिसद सभापति नरेशलाल श्रेष्ठले सचिवालयको उद्घाटन गरेका हुन् । सचिवालयको उद्घाटन गर्दै सभापति श्रेष्ठले देशभरका वितरकहरूका समस्या समाधानमा महासंघले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संस्थाका अध्यक्ष दुर्गाप्रसाद गौतमले सचिवालयलाई व्यवस्थित गर्दै व्यावसायिक हितमा महासंघले काम गर्ने बताएका छन् । कार्यक्रम संस्थाका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष कृष्णलाल श्रेष्ठको स्वागत र सञ्चालन महासचिव शिव खनालले गरेका हुन्

You might also like

Comments are closed.