वैदेशिक विभागद्वारा आगजनीले नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी अध्यावधिक गरिदै

काठमाडौं । वैदेशिक रोजगार विभागले जेनजी आन्दोलनमा जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण पठाउन सरोकारवालालाई सूचना जारी गरेको छ ।

वैदेशिक रोजगार व्यवसायी र अन्य संस्थालाई सूचना प्रकाशित गरी विभागले ध्यानाकर्षण गराएको हो । वैदेशिक रोजगारसम्बन्धी व्यवसाय गर्ने म्यानपावर कम्पनीहरूको शाखा विस्तार, अभिमुखीकरण तालिम सञ्चालन, घरेलु कामदार पठाउने, न्यायिक धरौटीलगायत प्रयोजनका लागि विभागले धरौटी लिँदै आएको छ ।

सो रकम विभागले वैदेशिक रोजगार ऐन तथा नियमावलीबमोजिम मुद्दती खातामा एकमुष्ट रूपमा जम्मा गर्ने गरेको छ । गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएको आगजनीमा विभागका अभिखेल जलेर नष्ट भएका छन् ।

सोही कारण प्रत्येक म्यानपावर कम्पनीको धरौटीको छुट्टाछुट्टै विवरण नदेखिने भएकाले कागजात जलेर नष्ट भएको विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले गत असोज २७ गते मुचुल्का तयार गरेको विभागले सूचनामार्फत उल्लेख गरको छ ।

 

You might also like

Comments are closed.