काठमाडौं । पारामाउन्ट मोटर्सले कात्तिक २१ गतेदेखि ‘एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प’ आयोजना गर्ने भएको छ । पारामाउन्ट मोटर्स नेपालमा एमजी, आइएम, माज्दा, वुलिङ र म्याक्सस ब्राण्डहरूको आधिकारिक बिक्रेता हो ।
कम्पनीले आफ्नो पोर्टफोलियोमा रहेका सबै ब्राण्डहरू समेटेर एकै ठाउँमा एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको हो । कात्तिक २३ गतेसम्मसम्म सञ्चालन हुने यस क्याम्प हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।
काठमाडौं उपत्यकामा एलिस रिसेप्सन, नक्साल, गैरिधारा र उपत्यका बाहिरका सबै डिलरशिपहरूमा सञ्चालन हुने कम्पनीले जनाएको छ । तीनदिने क्याम्पमार्फत ग्राहकले आफ्ना सवारीसाधनहरु रु १५ लाखसम्मको विशेष लाभसहित अपग्रेड गर्न सक्नेछन् ।
साथै, ग्राहकले सहज फाइनान्स सुविधा, आकर्षक नगद छुट र पुराना गाडीको उच्च मूल्याङ्कनसहितको एक्सचेन्ज अफरहरू पाउनेछन् । क्याम्पमा माज्दा, वुलिङ, आईएम, एमजी र म्याक्सस ब्राण्डका सवारी साधन प्रदर्शन गरिनेछ ।









Comments are closed.