भैरहवा भन्सार कार्यालयद्वारा ३ महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

रुपन्देही । भैरहवा भन्सार कार्यालयबाट ३ महिनामा २७ अर्ब ७५ करोड ७८ हजार राजस्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षको प्रथम ३ महिनामा सो बराबरको राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

गत साउनमा रु. नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा रु. नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा रु. नौ अर्ब २८ करोड ६७ लाख २० हजार सङ्कलन भएको थियो ।

You might also like

Comments are closed.