काठमाडौं । कृषि विकास बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।
बुधबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरिएको छ । बैठकले शेयरधनीलाई ३.२५ प्रतिशत बोनश शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ । सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब बस्ने साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुने बैंकले जानकारी दिएको छ ।








Comments are closed.