टेलिकम कम्पनीको आम्दानी घट्दो

काठमाडौं । टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी घट्दो अवस्थामा रहेको छ । बिगत ७ वर्ष यता कम्पनीको आम्दानी झन्डै २८ प्रतिशतले घटेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई वटा टेलिकम सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७४/७५ मा ९८ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेकोमा गएको आर्थिक वर्षमा यो ७१ अर्ब २१ करोड रुपैयाँमा सीमित भएको छ ।

टेलिकमको घट्दो आम्दानीको असर नाफामा देखिएको छ । नाफा खुम्चिँदा कम्पनीहरूले गर्ने लगानीमा पनि त्यसको असर परेको छ ।

You might also like

Comments are closed.