काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्धति निक्षेपमा २ अर्ब बढी लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकको वित्त व्यवस्थापन विभागकाअनुसार बैंकको विभिन्न कोषहरूमा रहेको २ अर्ब ७१ करोड ८५ लाख लगानी गर्न लागेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफूले लिन चाहेको रकम लिनको लागि प्रस्तावित ब्याजदर सहित बोलपत्र पेस गर्न आह्वान गरेको हो ।
केन्द्रीय बैंकले वाणिज्य बैंकको लागि २ अर्ब १७ करोड ४९ छुट्याइएको छ भने राष्ट्रियस्तरको विकास बैंकको लागि ४० करोड ७७ लाख र राष्ट्रियस्तरको वित्त कम्पनीको १३ करोड ५९ लाख छुट्याएको छ ।
यसका बैंक तथा वित्तीय संस्थाले न्यूनतम कुल पुँजीकोष अनुपात कायम गरेको, खराब कर्जा अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा ३ प्रतिशत ननाघेकोले सिलबन्दी प्रस्ताव पेश गर्न सक्ने बताएको छ ।
यस्तै, खुद तरल सम्पत्ति अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्नेछ भने कर्जा निक्षेपको अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्नेछ ।




Comments are closed.