माउन्टेन इनर्जी नेपालद्वारा २१ प्रतिशत बढी लाभांश घोषणा

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।

जसअनुसार कम्पनीले आ.व. ०८१/८२ को मुनाफाबाट शेयरधनीलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले मङ्सिर २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले हालसम्मकै सबैभन्दा धेरै लाभांश घोषणा गरेको हो । साथै जलविद्युत कम्पनीहरुमध्ये पनि कम्पनीले प्रस्ताव गरेको लाभांश सबैभन्दा धेरै हो ।

 

You might also like

Comments are closed.