बेष्ट फाइनान्सको खुद नाफा ५ करोड ४७ लाख रुपैयाँले ऋणात्मक

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडको खुद नाफा ५ करोड ४७ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफा सो ऋणात्मक देखिएको छ ।

कम्पनीको गत आर्थिक वर्षको यस अवधिसम्ममा समेत खुद नाफा ८६ लाख ४१ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।

कम्पनीको नाफा ऋणात्मक भएसँगै खुद ब्याज आम्दानी समेत घटेको छ ।

You might also like

Comments are closed.