काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकीछिन् ।
नाम दर्ता गर्न तोकिएको म्याद नौ दिन मात्र बाँकी रहेको भन्दै प्रधानमन्त्री कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन् । उनले आज एक्स अकाउन्ट मार्फत मत नै आवाज भन्दै नामावलीमा नाम दर्ता गर्न आग्रह गरिन् ।
निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने समयसिमा तोकेको छ ।








Comments are closed.