नारायणघाटमा प्रोटोन इमासको थ्री एस शोरुम सञ्चालन

चितवन । नारायणघाटमा प्रोटोन इमासको नयाँ थ्री एस शोरुम सञ्चालनमा आएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले प्रिमियम इलेक्ट्रीक सवारी ब्राण्ड प्रोटोन इमासको नयाँ थ्री एस (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) शोरुम सञ्चालनमा ल्याएको हो ।

सो अवसरमा प्रोटोन इमास सेभेनको प्रदर्शन र ग्राहकसँगको अन्तर्क्रिया समेत गरिएको छ । जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले नारायणघाट शोरुम सञ्चालनसँगै प्रोटोनको आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवालाई ग्राहकबीच झन नजिक ल्याएको बताए ।

नारायणघाट शाखा थपिएसँगै प्रोटोन इमासले नवप्रवर्तन, विश्वसनीयता र दिगो यातायातका वचनलाई पूरा गर्दै नेपालभर आफ्नो सञ्जाललाई अझ सुदृढ बनाएको छ । नयाँ शोरुमबाट ग्राहकले एकै स्थानमा बिक्री, सेवा र जेन्युन स्पेयर पाट्र्स सहितको सुविधा पाउनेछन् ।

जगदम्बा मोटर्स प्रालिले देशव्यापी आफ्नो नेटवर्क विस्तार गर्ने क्रममा रहेको छ ।

You might also like

Comments are closed.