काठमाडौं । सीजी मोटर्सले सोमबारदेखि भृकुटीमण्डपमा हिरो सर्भिसका साथै एक्सचेन्ज महामेला आयोजना गर्दैछ । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्स हो ।
एकै स्थानमा हुन गइरहेको यस सर्भिस तथा एक्सचेन्ज महामेला अन्तर्गत सर्भिसका सेवाहरुमा लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयर पाट्र्स एवं ल्युबमा १५ प्रतिशत छुट, एएमसी सर्भिसमा ३० प्रतिशत छुट पाइनेछ । यसका साथै निःशुल्क रुपमा इन्जेक्टर क्लिनिङ, वासिङ र हिरोको मर्कन्टाईजहरु समेत रहेको छ ।
यीबाहेक हिरो टु हिरो एक्सचेन्जमा न्यूनतम भ्यालुएन ३० हजारसहित थप भ्यालु एडिसनहरु रु १५ हजार देखि १ लाख वा अन्य ब्राण्ड टु हिरो एक्सचेन्जमा न्यूनतम भ्यालुएसन २५ हजारसहित थप भ्यालु एडिसन रु १५ हजार देखि १ लाखसम्म पाइनेछ ।
नयाँ हिरो मोटरसाइकल र स्कुटरहरुको खरिदमा न्यूनतम ८ हजार देखि १ लाख रुपैयाँ सम्मको डिस्काउन्ट तथा फ्रि एसेसरिज हेल्मेट, बाइक कभर र ग्लोभ्स प्राप्त हुनेछ । सरल फाइनान्सको पनि सुविधासहित नागरिकताको भरमा हिरो मोटरसाइकल तथा स्कुटरहरु ढुक्कका साथ चढ्नका लागि कम्पनीले अनुरोध गरेको छ ।
दैनिक रुपमा लक्की ड्रमार्फत एक जना ग्राहकलाई फुलफेस हेल्मेटका साथै मेला अवधिभर भ्रमण गरेका ग्राहकमध्येबाट लक्की ड्र गरी एकजनालाई नथिङ स्मार्ट फोन प्रदान गरिने कम्पनीले जनाएको छ । मेला कात्तिक २९ गतेसम्म चल्नेछ ।









Comments are closed.