इन्फिनिक्सका फोन शुन्य प्रतिशत ब्याजरमा उपलब्ध

काठमाडौं । इन्फिनिक्स नेपालले नयाँ अफर ‘बिग फोन, स्मल पेमेन्ट्स’ मार्फत खरिदलाई अझ सहज र सुलभ बनाएको छ ।

अब ग्राहकले इन्फिनिक्सका शक्तिशाली र स्टाइलिस फोनहरु शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दीमार्फत लिन सक्नेछन् । कुनै अत्तिरिक्त शुल्क बिना यो अफर सबैका लागि प्रिमियम फोनलाई नजिक ल्याउने उद्धेश्यले ल्याइएको कम्पनीले जनाएको छ ।

गेम खेल्ने र क्रिएट गर्न मन पराउनेका लागि जिटी सिरिज, दैनिक प्रयोगका लागि बनेका Note 50S र HOT 60 Pro+ , इन्फिनिक्सले हरेक प्रयोगकर्ताको लागि आफ्नो मनपर्ने फोन रोज्न सजिलो बनाएको छ । सजिलो किस्ताबन्दीमा उपलब्ध हुनेछ । ईएमआई प्रक्रिया नागरिकता वा राष्ट्रिय परिचयपत्र प्रयोग गरेर गर्न सकिन्छ ।

इन्फिनिक्सको शुन्य प्रतिशत ईएमआई योजना अहिले देशभरका सबै अधिकृत इन्फिनिक्स बिक्रेता र पार्टनर स्टोरहरुमा, प्रमुख वित्तीय संस्थाहरुको सहकार्यमा उपलब्ध छ ।

You might also like

Comments are closed.