सुर्खेतमा फोटोनको शोरुम उद्घाटन

काठमाडौं । नेपालकै विश्वसनीय अटोमोबाइल ब्राण्ड फोटोनले सुर्खेतमा नयाँ शोरुम उद्घाटन गरेको छ । एयरपोर्ट रोडस्थित स्वर्णिम बिजनेस कन्सर्न प्रा. लि. द्वारा कार्यक्रम आयोजना गरिएको हो ।

देशभर गुणस्तरीय सवारी साधन र सेवाहरू प्रदान गर्ने फोटोनको यात्रामा अर्को महत्वपूर्ण माइलस्टोन थपेको छ । कार्यक्रमका प्रमुख अतिथि सुर्खेत चेम्बर अफ कमर्शका महासचिव रामप्रसाद जैशी (राजु) ले उद्घाटन गरेका हुन् ।

शोरुममा फोटोनका सम्पूर्ण मोडेलहरू उपलब्ध छन्, जसमा माउन्टेन ईभी भ्यान, टिएम १, लाइट ड्युटी ट्रकहरू र भर्साटायल टुनल्याण्ड पिकअप समावेश छन् । यी सवारीले ग्राहकका सस्तो र दिगो शहरी यातायातदेखि लिएर भारी व्यावसायिक ढुवानीसम्मका विविध आवश्यकताहरू पूरा गर्छन् ।

चितवन शोरुमको सफलतापछि एमएडब्लु अब सुर्खेत शोरुममार्फत सेवा विस्तार गर्दै गुणस्तर, पहुँच र भरोसायोग्यतामा अझ मजबुत बनेको छ । सुर्खेत शोरुमले पश्चिमी क्षेत्रका ग्राहकलाई उच्चस्तरीय र विश्वासिलो मोबिलिटी सोलुसन्स प्रदान गर्दै चितवनको सफलता दोहोर्याउने लक्ष्य राखेको छ ।

यस विस्तारसँगै फोटोन मोटरको बिक्री नेटवर्क १५ स्थानमा पुगेको छ, जसले सुर्खेत र आसपासका ग्राहकलाई अझ सहज पहुँच सुनिश्चित गरेको छ । साथै, फोटोन टोटल केयर सर्भिस नेटवर्क १७ सेवा केन्द्रमा विस्तार भई, ग्राहकलाई सुविधासम्पन्न आफ्टर–सेल्स सेवा, मर्मतसम्भार र ब्रान्डको भरपर्दोपन प्रदान गर्दै आएको छ ।

एमएडब्लु वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ताले चितवन शोरुमको सफलतापछि यो फ्यासिलिटीले विश्वस्तरीय सवारी, उत्कृष्ट सेवा र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने बताए । सम्पूर्ण भेहिकल सिरिज अन्वेषण गर्न र फोटोनको शक्ति र भरपर्दोपन अनुभवका लागि टेस्ट राइड लिन सबैलाई आमन्त्रण गरेको उनी बताउँछन् ।

यस सम्बन्धि थप जानकारी र टेस्ट राइडको लागि एयरपोर्ट रोड, सुर्खेतस्थित स्वर्णिम बिजनेस कन्सर्न प्रालि भ्रमण गर्न र फोटोन मोटरद्वारा नेपालमा प्रदान गरिने इनोभेसन, भरपर्दोपन र प्रदर्शन अनुभव गर्न सकिनेछ । कार्यक्रममा ब्राण्डको बढ्दो प्रतिष्ठा र सामुदायिक सम्बन्धलाई झल्काउने गरी स्थानीय विद्यालय, यातायात समिति र प्रतिष्ठित बैंकका प्रतिनिधि लगायत सहभागी थिए ।

एमएडब्लु वृद्धि कमर्सियल नेपालमा व्यावसायिक सवारी सप्लायर हो । जो उत्कृष्ट मोबिलिटी सोलुसन्स विकास गर्न र उपलब्ध गराउन प्रतिवद्ध छ । कम्पनी फोटोन सवारी साधनको अधिकृत वितरक हो । ग्राहक सन्तुष्टि सुनिश्चित गर्दै भरपर्दोपन र प्रदर्शनमा गर्व गर्दछ । एमएडब्लु वृद्धि कमर्सियलले आफ्नो देशव्यापी शोरुम र बढ्दो सर्भिस नेटवर्क मार्फत् व्यवसायलाई उच्च गुणस्तरीय सवारी र विश्वस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ ।

 

 

You might also like

Comments are closed.