काठमाडौं । डोंगफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लु वृद्धि मोटर्स प्रालिले श्रीजना मोटर्ससँग सहकार्य गर्दै इटहरीमा नयाँ अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । नेपालभर आफ्नो सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतामा एक महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको कम्पनीले जनाएको छ । यसले ग्राहकको आवश्यकता पूरा गर्ने उद्देश्यलाई पनि बलियो बनाएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एमएडब्लु वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त, श्रीजना मोटर्सका प्रबन्ध निर्देशक दिपेन्द्र चौधरीका साथै सञ्चारकर्मी, ग्राहक, व्यवसायी र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। इटहरीको केन्द्रमा अवस्थित नयाँ शोरूमले आगन्तुकलाई डोंगफेंग र सेरेसका नवीनतम ईभी मोडेलको इमर्शिभ अनुभव प्रदान गर्नेछ ।
ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा प्रशिक्षित कर्मचारीको टोली व्यक्तिगत परामर्श, जानकारी तथा टेस्ट ड्राइभ सेवा प्रदान गर्न सधैं तयार रहनेछ । इटहरी शोरूम उद्घाटनसँगै एमएडब्लु वृद्धि मोटर्सले नेपालमा आफ्नो उपस्थिति अझ सबल बनाएको छ ।
इटहरीमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प
शोरूम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धिले कात्तिक २४ गतेदेखि इटहरी, राजस्व ढाँटमा अवस्थित श्रीजना मोटर्समा तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प पनि आयोजना भइरहेको छ । यस अवधिमा ग्राहकले नामी ०१, नामी भिगो तथा सेरेस ईभी खरीद वा एक्सचेन्ज गर्न सक्नेछन् ।
यस कार्यक्रममा नामी ०१ विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस ३ अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध हुनेछ । ग्राहकले उत्कृष्ट मुल्याङ्कन र एक्सचेन्ज बोनस प्राप्त गर्नुका साथै प्रत्येक टेस्ट ड्राइभमा उपहार पनि पाउनेछन् ।









Comments are closed.