बुटवल । ३ अर्ब ५० करोड लगानीमा बुटवलमा पाँच तारे होटल हायात प्लेस खुलेको छ । यो परियोजनामा चुन्नप्रसाद पौडेल, नरिश्वर पौडेल, भुमीराज पौडेल र कमल मालपानीको संयुक्त लगानी रहेको छ ।
होटलको उद्घाटनसँगै करिब ३५० जनालाई रोजगारीका अवसर उपलब्ध हुनेछन् । यसले बुटवलको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
विश्वभर ४२० भन्दा बढी आउटलेट रहेका हायात ग्रुपको बुटवल प्रवेशले स्थानीय पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने विश्वास गरिएको छ ।









Comments are closed.