काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरिएको संस्थाले जनाएको छ ।
संस्थाको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय बमोजिम सो घोषणा गरिएको हो । संस्थाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेअनुसार १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश रहेको छ ।
सो शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिने संस्थाले जनाएको छ ।








Comments are closed.