एपीआई इन्टिग्रेशन सम्बन्धी नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच सम्झौता

काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच सम्झौता भएको छ । एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि एपीआई इन्टिग्रेशन सम्बन्धी सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरेका हुन् । कार्यकारी निर्देशक सुवेदीले सो सम्झौताबाट बीमा क्षेत्रको एयरमार्क प्रणालीलाई पूर्ण रूपमा अटोमेसनमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यस प्रणालीले प्राधिकरणबाट बैंकमा पठाइने ब्लक तथा अनब्लक रिक्वेस्टहरूलाई स्वतः प्रमाणीकरण गरी सही विवरण भएको रिक्वेस्ट मात्र स्वीकृत गर्नेछ भने त्रुटिपूर्ण विवरण भएमा प्रणालीले त्यसलाई एयरमार्क प्लेटफर्म मार्फत बीमकलाई स्वचालित रूपमा फिर्ता पठाउनेछ ।

यस इन्टिग्रेशनका लागि नबिल बैंकको तर्फबाट विशेष मिडिलवेयर विकास गरिएको छ, जसले बीमकहरूबाट प्राधिकरण हुँदै प्राप्त मुद्दती निक्षेप सम्बन्धी विवरणलाई बैंकको कोर बैंकिङ प्रणालीमा प्रत्यक्ष पहुँच प्रदान गर्दछ ।

यस प्रणालीले सही विवरण मात्र स्वीकार गर्ने र त्रुटिपूर्ण विवरणलाई अस्वीकार गर्ने प्रक्रिया स्वचालित रूपमा कार्यान्वयन गर्नेछ ।

You might also like

Comments are closed.