काठमाडौं । यसवर्ष धानको उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । सरकारले यस वर्ष धानको उत्पादन ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको जनाइएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धान उत्पादनको विश्लेषणका आधारमा झन्डै ३ लाख मेट्रिक टन उत्पादन घट्ने अनुमान गरेको हो । गएको वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यो वर्ष ५ प्रतिशत अर्थात् झन्डै ३ लाख मेट्रिक टन कम उत्पादन हुने अनुमान गरेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । कात्तिकमा परेको वर्षाले उत्पादनमा कमी आउने भएको कृषि प्राबिधिक बताउँछन् ।








Comments are closed.