काठमाडौं । बागमती प्रदेशमा ४५ प्रतिशतले सवारी दर्ता बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा बागमतीमा सवारी साधनको दर्ता संख्या ४५.२ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ वार्षिक प्रतिवेदन अनुसार गत वर्ष बागमतीमा कुल १ लाख ३५ हजार ८६६ सवारी साधन दर्ता भएका हुन् ।
यो अघिल्लो आव २०८०/८१ को तुलनामा ४२ हजार २६७ वटा धेरै हो । सो वर्ष कुल ९३ हजार ५९९ वटा सवारी दर्ता भएका थिए ।








Comments are closed.