रोयलका ज्येष्ठ सदस्यलाई ५ हजार रुपैयाँ पेन्सन

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका ७५ वर्षे उमेर कटेका ज्येष्ठ सदस्यहरुलाई जनही ५ हजार रुपैयाँका दरले पेन्सन प्रदान गरेको छ । संस्थाद्वारा प्रवद्र्धित सामाजिक संस्था रोयल फाउण्डेसनको सहयोगमा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै ४४ जना सदस्यहरुलाई एक कार्यक्रमका बीच उक्त सम्मान तथा पेन्सन प्रदान गरिएको हो ।

फाउण्डेसनका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षतामा भएको ज्येष्ठ सदस्य सम्मान तथा पेन्सन वितरण समारोहमा सहकारीका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले १०२ वर्षे सदस्य सारजङ्ग गुरुङलाई पेन्सन हस्तान्तरण गर्दै समाजका ज्येष्ठ नागरिकहरुको सेवा गर्न पाएकोमा खुसी लागेको बताए ।

उक्त समारोहमा ज्येष्ठ सदस्यहरुको तर्फबाट वरिष्ठ समाजेसेवी विश्वरत्न शाक्य र क्या.पूर्णबहादुर गुरुङ ले पोखरा रोयल सहकारीको हरेक कार्यक्रम उत्कृष्ठ रहेको प्रतिक्रिया दिदै संस्थाले वित्तीय सेवा र सुरक्षा संगै सामाजिक क्षेत्रमा समेत उदाहरणीय कार्य गरेकोमा बधाई ज्ञापन गरे । यसै बीच सहकारी र फाउण्डेसनको सहकार्यमा ज्येष्ठ सदस्यहरुलाई पोखरा आसपासका धार्मिक तथा पर्यटकीय स्थलको अध्ययन अवलोकन भ्रमण समेत गराईएको थियो ।

फाउण्डेसनका कोषाध्यक्ष एवं पोखरा रोयल बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले स्वागत गरेको कार्यक्रममा फाउण्डेसनका सचिव केदारनाथ पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए । रोयल फाउण्डेसनका सहकार्यमा सहकारीले पेन्सन वितरण, नवजात शिशु स्याहार, ओषधी उपचार राहत, दैवी प्रकोप राहत र मृत्यू राहत जस्ता राहत र सेवा प्रदान गर्दै आईरहेको सहकारीका सूचना अधिकारी मीलन ढकालले बताए ।

You might also like

Comments are closed.