पोखरा । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको ३२औं वार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालय न्युरोड पोखरामा रक्तदान कार्यक्रम आयोजना गरिएको कम्पनीका क्षेत्रीय प्रमुख शिव सुवेदीले जानकारी दिए ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले देशभर विविध कार्यक्रम आयोजना गर्ने क्रममा पोखरामा रक्तदान कार्यक्रम आयोजना गरेको हो । अन्य प्रदेशमा पनि रक्तदान लगायतका कार्यक्रम भएका छन् ।
कम्पनीले आयोजना गरेको यस कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ । नेपाल विमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख शम्भुप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा निप्स पोखरा च्याप्टर अध्यक्ष बद्रीनाथ पौडेल लगायतको उपस्थिति थियो ।



Comments are closed.