पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै संस्थाका मानार्थ संरक्षक तथा पूर्व अध्यक्ष शरदकान्त सिग्देलले सहकारीको हितका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा निवर्तमान अध्यक्ष तीर्थबहादुर बस्नेतले सहकारीको स्थापना कालदेखि हालसम्मको अवस्थाबारे जानकारी गराउँदै कर्मचारीहरूको निष्ठा र पारदर्शिताले संस्थालाई विश्वासको केन्द्र बनाएको बताए ।
सो अवसरमा उत्कृष्ट सदस्य नानीमाया श्रेष्ठ तथा सहकारीको उन्नतिमा योगदान पुर्याएकी अधिकृत हेमा गुरुङलाई सम्मान गरिएको थियो । अध्यक्ष माधवप्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पदाधिकारी तथा शेयर सदस्यहरूले मन्तव्य राखेका थिए ।




Comments are closed.