सामाजिक काममा सक्रिय युनाइटेड क्लबले दशौं पोखरा महोत्सव गर्दै

आर्थिक आवाज
पोखरा । आगामी पुसको २९ देखि माघको १२ गतेसम्म पोखराको अमरसिंह चौरमा दशौ संस्करणको पोखरा महोत्सव हुने भएको छ । सामाजिक काममा अगाडि रहेको युनाइटेड क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी दशौ संस्करणको पोखरा महोत्सवको वारेमा जानकारी दिएको हो ।

स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद पर्यटन प्रवद्र्धनका लागि पोखरामा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणमा क्लबले पहलकदमी लिएकोछ । सेती नदी संरक्षण र लोडसेडिङको वेला विभिन्न टोलहरुमा सौर्य बत्ती जडान गर्दै सामाजिक कामहरु मार्फत अगाडि वढिरहेको क्लबले दशौ संस्करणको महोत्सवको संघारमा आइपुगेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा वोल्दै महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले दशौ संस्करणको पोखरा महोत्सव सफल बनाउन आफ्नो संयोजकत्वमा ४० वटा विभिन्न उपसमितिहरु निर्माण गरी महोत्सवको तयारीलाई अगाडि बढाएको बताए । महोत्सवको माध्यामबाटै सामाजिक काम गर्दै आइरहेको युनाइटेड क्लबले दशौ संस्करणको पोखरा महोत्सवको संघारमा आइपुग्दा हालसम्म गरिव तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षालाई मध्येनजर गरी कास्की र आसपासका जिल्लाका १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति कोष स्थापना गरेको वताउदै अध्यक्ष गुरुङले आर्थिक अभाव भई स्वास्थ्य लाभ लिन नसकेका ग्रामीण भेगका त्यसैगरी जनताहरुलाई लक्षित गरी दर्जनौ स्वास्थ्य शिविर गरी निशुल्क औषधी वितरण गर्नुका साथै युवाहरुलाई खेलकुदमा अगाडि वढाउने उद्देश्यले विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्नुका साथै खेलकुद प्रतियोगिताहरुमा सहयोग गर्दै आएको वताए ।

क्लबले लिएको मुख्य उद्देश्य पोखरामा नयाँ पर्यटकीय गन्तब्य खुल्ला चिडियाखानाको अवधारणा अनुसार स्थापना कालदेखि नै महोत्सवबाट आम्दनी हुने रकमको २० प्रतिशत रकम चिडियाखाना निर्माणमा लगानी गर्दै आएको र हालसम्म ५५ लाख रकम चिडियाखाना निर्माणका लागि प्रदान गरिसकेको क्लबका अध्यक्ष गुरुङले बताए । गुरुङका अनुसार क्लबको पहलमा पोखरा महानगरपालिकाको वडा नम्बर ३०, ३१, र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रको १३४ हेक्टर जमिनमा चिडियाखाना निर्माणको काम भइरहेको छ । पोखरा जुलोजिकल पार्कको नामबाट २०७२ साउन १५ गते तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले सिलान्यास भइ सुरु भएको उक्त ठाउमा हाल पशुपंछी उद्दार केन्द्रको लागी भवनहरुको निर्माण, खानेपानी जडान, यातायातको सहजिकरणको लागी बाटो निर्माण कार्य अगाडि बढेको छ । मृगस्थली, बाघ राख्ने खोर निमार्ण सम्पन्न भइसकेको छ ।

उक्त स्थानमा गण्डकी प्रदेश सरकारको सहयोग र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय वन निर्देशनालयको प्रत्यक्ष निगरानीमा थप चरा, मृग, बाँदर, हिमालयन थार र भालुको ठूलाठूला इनक्लोजरहरु, वन्यजन्तुको लागि पानी ट्याक्की, घाइते वन्यजन्तुको उपचार कक्ष, बिरामी वन्यजन्तु बोक्ने स्टेचर विभिन्न इनक्लोजरसम्म पूग्ने गोरेटो बाटो र प्रवेशद्धार निर्माणको लागि कार्य अगाडि बढिसकेको, गण्डकी प्रदेश सरकार ाट १ करोड ५० लाख पोखरा जुलोजिकल पार्कको डि.पि.आर विनियोजन समेत गरिसकेको छ । पोखरा महोत्सवको सातौ संस्करणदेखि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैयाँ छुट्याइ सेती नदी सरसफाई गरी सेती नदीमा फोहोर नफालोस भनी सिसी क्यामेरा समेत जडान गरिसकेको र गत वर्षदेखि विपद व्यवस्थापनको लागि अक्षयकोष स्थापना गरिएको क्लबले जनाएको छ ।

पुष २९ देसख माघ १२ सम्म पोखराको अमरसिंह चौरमा सञ्चालन हुने महोत्सवमा २ सय ३० देखि २ सय ५० स्टल रहने छ । महोत्सवमा पर्यटन प्रवद्र्धन र पर्यटकीय स्थानको बारेमा जानकारी दिने स्टललाई निःशुल्क उपलब्ध गराउनुका साथै कृषि तथा हस्तकलाका स्टलहरुलाई विशेष छुटको ब्यवस्था गरिएको महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षणमा टेवा पुर्याई शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर्फ उन्मुख गरी बिकसित सूचना प्रविधीको जानकारी सर्वसाधारण समक्ष पुर्याई गण्डकी प्रदेशको पर्यटकीय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा बाह्य उत्पादित बस्तुको बजार सहजीकरण गरी सवै कलाकारहरुको प्रस्फुटनलाई सहयोग पुर्याइ आर्थिक चलायमन गराई रोजगार सिर्जना गरी क्षेत्रगत बिकासमा टेवा पुर्याउनुको साथै उद्योगको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यावसायिक संघ सस्थाहरुको सेवाबारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुती रहने छ । त्यसैगरी महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्याण्डहरुको लाइभ कन्सर्ट, हांस्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगीता÷झाँकी प्रतियोगिताका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहने छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.