lcci festival

लक्ष्मी ग्रुपले मनायो ५२औँ वार्षिकोत्सव

काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ५२औँ वर्ष सफलतापूर्वक पूरा गरेको छ । सन् १९७३ मा ‘लक्ष्मी मिठाई भण्डार’ नामक सानो व्यवसायबाट सुरु भएको यो ग्रुप पाँच दशकभन्दा बढी अवधिमा नेपालकै अग्रणी व्यावसायिक घरानाका रूपमा स्थापित भएको छ ।

स्थापनाकालदेखि नै निरन्तर विस्तार गर्दै आएको लक्ष्मी ग्रुपले हाल अटोमोबाइल (साना तथा ठूला सवारीसाधन र पार्टपुर्जा), इलेक्ट्रोनिक्स, स्टिल, कागज, प्लास्टिक तथा मिठाई उत्पादनजस्ता विविध क्षेत्रमा आफ्नो व्यवसाय फैलाएको छ । देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको यस ग्रुपले हाल २ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ।

५२औँ वार्षिकोत्सवको अवसरमा लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न सामुदायिक कार्यक्रमहरू सञ्चालन गरेको छ। सो अवसरमा ग्रुपले देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्दै स्वास्थ्य सचेतना अभिवृद्धि तथा सामाजिक सेवाप्रतिको प्रतिबद्धता व्यक्त गरेको छ ।

यसैगरी, लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले धापाखेलस्थित ‘सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पाल्सी’ लाई शैक्षिक सामग्रीसहित आवश्यक सहयोग प्रदान गरेको छ । त्यस्तै, लक्ष्मी ग्रुप अन्तर्गतको हुण्डाई काठमाडौँले नक्सालस्थित ऐतिहासिक भाटभटेनी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गर्दै वातावरण संरक्षण र सांस्कृतिक सम्पदा जोगाउने कार्यमा सक्रिय सहभागिता जनाएको छ।

५२ वर्षको यो महत्वपूर्ण उपलब्धिसँगै लक्ष्मी ग्रुपले व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि समान रूपमा अघि बढाउँदै लैजाने प्रतिबद्धता दोहोर्‍याएको छ । समुदायको हितमा गरिने योगदान नै दीगो र सफल व्यवसायको आधार हुने विश्वास लक्ष्मी ग्रुपले व्यक्त गरेको छ ।

You might also like

Comments are closed.