आर्थिक आवाज
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित लेखनाथ महोत्सवको १६औं संस्करणका लागि स्टल बुकिङ सुरु भएको छ । मंसिर १ गते आइतबार स्टल बुकिङ सुरु भएको हो । स्टल बुकिङ सुरु भएको पहिलो दिनमै ६० प्रतिशत स्टल बुकिङ भइसकेको महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।
फुड फेस्टिबल तर्फका सम्पूर्ण स्टल बुकिङ आइतबार नै सकिएको छ । फेन्सी तथा गार्मेन्ट, किचन सामग्री, जनरल अन्तर्गत करिब ६० प्रतिशत स्टल बुकिङ सकिएको बास्तोलाले बताए ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्वृद्धि’ मूल नारा रहेको लेखनाथ महोत्सवको १६ औं संस्करण पुस ३ गतेदेखि १५ गतेसम्म संचालन हुँदैछ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा संचालन हुने लेखनाथ महोत्सवमा देशभरिका व्यवसायीहरुका विभिन्न स्टल सहभागिता रहने संघका अध्यक्ष एवं मूल संयोजक बलराम ढकालले जानकारी दिए ।
Comments are closed.