lcci festival

एनएलजी इन्स्योरेन्सको ७.३६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीका आधारमा कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापुँजी रु. २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४३२ रुपैयाँ रहेको छ । घोषणा गरिएको लाभांशमध्ये ४ प्रतिशत अर्थात् रु. १० करोड २६ लाख ८ हजार ९७८ रुपैयाँ बराबरको बोनस सेयर र ३ प्रतिशत अर्थात् रु. ७ करोड ६९ लाख ५६ हजार ७३३ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) रहेका छन् ।

कर प्रयोजनका लागि कम्पनीले ०.३६८४ प्रतिशत बराबरको रु. ९४ लाख ५० हजार ८२७ रुपैयाँ छुट्याएको जनाएको छ ।

कम्पनीका अनुसार घोषणा गरिएको लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात् आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिनेछ ।

You might also like

Comments are closed.