किड्स स्कुलका दीक्षान्तलाई लिटिल आइकनको उपाधि, अन्य ५ जना विभिन्न विधामा उत्कृष्ट

काठमाडौं । काठमाडौंको बानियाटारस्थित किड्स स्कुलमा अध्ययरत दीक्षान्त ढकालले ‘नेपाल्स लिटिल आइकन–२०१९’ तर्फको उपाधि जितेका छन् । राष्ट्रिय नाचघर जमल काठमाडौंमा हालै भएको अन्तिम प्रतिस्पर्धामा ढकालले उपाधि रक्षा गर्न सफल भएको किड्स स्कुलका प्रिन्सिपल शर्मिला केसीले जानकारी दिइन् ।

ढकालले गायन विधामा सर्वोत्कृष्ट भइ ‘बेस्ट सिङगर’ को उपाधि पनि हासिल गरेका छन् । कार्यक्रममा किड्स स्कुलबाट ६ जना बालबालिकाले नेपाल लिटिल आइकनमा भाग लिएका थिए । जसमध्ये स्पर्श थापाले थर्ड रनर अफ, एलिना श्रेष्ठले गल्सतर्फ मस्ट कन्फिडेन्ट, स्पर्श थापाले बेस्ट फोटोजेनिक, सैशा लामाले मस्ट ट्यालेन्ट, किन्जल थापाले बेस्ट र्याम्पवाल्क, सारा सिंह ठकुरीले बेस्ट डान्सरको उपाधि प्राप्त गर्न सफल भएको केसीले जानकारी दिइन् ।

किड्स स्कुलले पढाइसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई समावेश गराउँदै आइरहेको छ । ‘हरेक क्रियाकलापमा विद्यार्थीहरुले उपाधि हात पार्न सफल छन्,’ केसीले भनिन्, ‘विद्यार्थीको सफलताबाट अझै धेरै कार्यक्रममा समावेश गराउन हौसला मिलेको छ ।’ यस्ता कार्यक्रमले विद्यार्थीको सर्वाङिगण विकासमा सहयोग हुने केसीले बताइन् ।

lcci
You might also like

Comments are closed.