‘लायन्स डिष्ट्रिक्ट ३२५ जे’को तेस्रो क्याबिनेट मिटिङ फागुन २ गते काठमाडौंमा

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो क्याबिनेट मिटिङ आगामी फागुन २ गते शनिबार राजधानीमा आयोजना हुने भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

डिष्ट्रिक्ट गभर्नर मिलन बाबु मल्लका अनुसार यस बैठकमा डिष्ट्रिक्ट अन्तर्गतका लायन्स लिडर तथा सदस्यहरूको उत्साहजनक उपस्थिति रहनेछ । बैठकसँगै सदस्यहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्न फेलोसिप कार्यक्रमसमेत आयोजना गरिनेछ ।

लायन्स क्लब अफ काठमाडौं नागार्जुनले होस्ट गर्ने क्याबिनेट मिटिङमा करिब एक हजार जना लायन्स सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको क्याबिनेट सेक्रेटरी पुरुषोत्तम बस्नेतले जानकारी दिए । डिष्ट्रिक्ट ३२५ जे अन्तर्गत हाल १४५ वटा क्लब र ३ हजार ३ सय भन्दा बढी सक्रिय सदस्यहरू छन् ।

कार्यक्रमका लागि अग्रिम बुकिङ खुला भइसकेको र तयारीलाई तीव्र पारिएको बस्नेतले जनाए ।

सामाजिक सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको यस डिष्ट्रिक्टले क्याबिनेट मिटिङमार्फत आगामी योजना र सेवाका कामहरूका बारेमा समेत छलफल गर्नेछ । डिष्ट्रिक्ट गभर्नर मल्लले यो बैठक लायन्सवादलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.