गरिमा सेक्युरिटिज ‘एयर ट्रेड’ मा आबद्ध

काठमाडौं । गरिमा सेक्युरिटिज (ब्रोकर नं. ७८) नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (TMS) ‘एयर ट्रेड’ मा जोडिएको छ। अत्याधुनिक टिएमएस सञ्चालक कम्पनी डिजीहब ले ल्याएको ‘एयर ट्रेड’ प्रणालीमा गरिमा सेक्युरिटिजले आफ्नो कारोबार सुरु गरेको हो।

यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गतको टिएमएस प्रयोग गर्दै आएको ब्रोकर नं. ७८ ले उक्त प्रणालीसँगको सम्झौता रद्द गरी आफ्ना ग्राहकलाई डिजीहबको टिएमएसमार्फत सेवा दिन थालेको जनाएको छ।

‘एयर ट्रेड’ टिएमएसमा लगानीकर्ताले वेब, डेस्कटप तथा मोबाइल एप भर्सनबाट शेयर कारोबार गर्न सक्नेछन्। यस प्रणालीमार्फत लगानीकर्ताले लाइभ डाटा सहित आफ्नो पोर्टफोलियो हेर्न पाउने, रियल–टाइम जानकारी प्राप्त गर्ने लगायत आधा दर्जनभन्दा बढी आधुनिक फिचरहरू प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। प्रणालीमा पारदर्शिता, उच्चस्तरीय सिस्टम सुरक्षा, डाटा सुरक्षा तथा तथ्यांकको गोपनीयतालाई विशेष प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका प्रमुख विशेषता

क) मोवाईल भर्सन

ख) वेव भर्सन

ग) डेस्कटप भर्सन

अन्य अपरेशसन विशेषताहरु

क) शेयर विक्री गर्ने वित्तिकै साही बराबरको रकमले शेयर खरिद गर्न सकिने र त्यसको लागि ब्रोकरलाई

   भनि राख्नु नपर्ने ।

ख) आफ्नो लेजर व्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाईने ।

ग) अर्डर बास्केट ।

घ) एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने

ङ) आफुले चाहेको शेयरमा अर्लट राख्न सकिने ।

च) रियल टाईममा खरिद विक्रीको अर्लट प्राप्त गर्न सकिने ।

छ) सजिलो र छिटो अर्डर राख्ने सकिने ।

ज) आफुले चाहे अनुसार जतिपनि शेयरको मार्केट डेप्थ हेन पाईने ।

झ) लिंक एण्ड डक फिचर्स भएको ।

ञ) मल्टी विन्डो फिचर्स भएको ।

ट) शेयर खरिदविक्री पछिको हिसावकिताव र अरु रिर्पाेट हेर्नको लागि क्लाइन्ट लगिनको व्यवस्था भएको ।

You might also like

Comments are closed.