काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन ३ लाख ५ हजार ८ रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य, तोलमा ३ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुन ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेर ४ हजार ९८५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी तोलाको ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।



Comments are closed.