पोखरामा ‘वाडा अटो शो’को दोस्रो संस्करण लेकसाइडमा हुने

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन (वाडा)ले ‘वाडा अटो शो’लाई निरन्तरता दिने भएको छ । वाडा अटो शो २०२६ यस पटक पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा हुने भएको छ ।

पहिलो संस्करणको अपार सफलता पछि, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पोखरामा दोस्रो पल्ट अटो शो गर्न लागिएको वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए ।

यही चैत ११ देखि १५ गतेसम्म पोखरा लेकसाइड, तालबराही चोकस्थित खेल मैदानमा अटो शो हुनेछ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स ईभेन्टस्)ले गर्ने छ । स्टल बुकिङ छिट्टै खोलिने जनाइएको छ ।

नेपाली नयाँ वर्ष २०८३ को पूर्व आगमनमा नेपालको सुन्दर नगरी एवं पर्यटनको राजधानी पोखरामा आयोजना हुने अटो शोमा साना, मझौला तथ ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर, वित्तीय संस्था, तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूको भव्य सहभागीता हुनेछ ।

नयाँ वर्ष २०८३ लाई मध्यनजर गरी सहभागी कम्पनीहरूबाट ल्याइने विभिन्न किसिमका आकर्षक अफरहरू, ईभी तथा आइसी ईन्जिनका नयाँ–नयाँ ब्राण्डहरू एवं अन्य थुप्रै मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू समावेश गरिने जनाइएको छ ।

 

You might also like

Comments are closed.