नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : पाँच उपाध्यक्षमा संयुक्त उम्मेवारी घोषणा हुँदै

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि पाँच जना आकांक्षीले संयुक्त कार्यक्रमसहित उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

आगामी चैत २८ र २९ गते हुने ६०औं साधारणसभाका लागि एसोसिएयट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र महिला उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेदवारी घोषणाको तयारी गरेका हुन् ।

उनीहरुले फागुन ११ गते दिउसो ४ बजे होटल याक एण्ड यतिमा विशेष कार्यक्रमसहित उम्मेदवारी घोषणा गर्नेछन् । महासंघको साधारणसभा नजिकिएसँगै चुनावी अभियानमा आकांक्षीहरु सक्रिय बनेका छन् ।

You might also like

Comments are closed.