गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङको फराकिलो अग्रता

गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङ फराकिलो मतान्तरसहित जिततर्फ अग्रसर भएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गुरुङले १९ हजार २९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुरमा खत्रीले ११ हजार १६७ मत ल्याएका छन् ।

त्यस्तै, नेकपाका उम्मेदवार हरिराज अधिकारी ७ हजार २१६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.