श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्ने पक्का

काठमाडौं । श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाखभन्दा बढी मत प्राप्त गर्दै राष्ट्रिय दल बन्ने आधार सुनिश्चित गरेको छ ।

हालसम्म ८६ लाख ५३ हजार ३१८ मत गणना हुँदा पार्टीले तीन लाख चार हजार ५७९ मत प्राप्त गरेको छ । यो कुल मतको ३ प्रतिशतभन्दा बढी हो। नेपालको निर्वाचन प्रणाली अनुसार कुनै पनि दल राष्ट्रिय पार्टी बन्नका लागि समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

पछिल्लो मतगणनासँगै पार्टीको मत प्रतिशत क्रमशः बढ्दै गएको छ । यससँगै हर्क साम्पाङ नेतृत्वको उक्त पार्टी राष्ट्रिय दल बन्ने लगभग निश्चित भएको निर्वाचन विश्लेषकहरूले बताएका छन् ।

प्रत्यक्षतर्फ पनि पार्टीले उल्लेखनीय सफलता हासिल गरेको छ । अहिलेसम्म तीन निर्वाचन क्षेत्रमा विजयी हुँदै प्रतिनिधिसभामा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ । हालसम्मको मत प्रतिशतका आधारमा समानुपातिकतर्फ पार्टीले करिब चार सिट प्राप्त गर्ने अनुमान गरिएको छ ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनबाट कुल ६ वटा दल राष्ट्रिय पार्टी बन्ने देखिएको छ। ती दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।

यस परिणामसँगै श्रम संस्कृति पार्टी पहिलोपटक संघीय संसदमा राष्ट्रिय दलको हैसियतमा प्रवेश गर्ने स्थितिमा पुगेको छ ।

You might also like

Comments are closed.