पोखरा । पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुबित वित्तीय संस्था लिमिटेडले बिभिन्न सामाजिक कार्यक्रम गरी आफ्नो १३औं वार्षिक उत्सव मनाएको छ । सो अवसरमा संस्थाले पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूका लागि खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बृद्दबृद्दाहरूका लागि खाना खुवाएर कार्यक्रम गरिएको बित्तिय संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए । कार्यक्रममा बोल्दै खड्काले एनएमबि लघुवित वित्तीय संस्था लिमिटेड पोखराको हेम्जामै जन्म भई देशभर वित्तीय कार्यक्रम सञ्चालन गर्दै आइरहेको हुनाले यस क्षेत्रलाई आफ्नो वार्षिक उत्सवको अवसरमा सहयोग हस्तान्तरण कार्यक्रमको लागि छनोट गरेको बताए ।
सो अवसरमा संस्थाले पोखरा लगायत आफ्ना सातवटै प्रदेश कार्यालयहरू मार्फत त्यस क्षेत्रमा विभिन्न सामाजिक कार्यहरू सम्पन्न गरेको बताइएको छ । संस्थाले इटहरी प्रादेशिक कार्यालय अन्तर्गत सुनसरी जिल्लाको रामधुनी नगरपालिका ३ स्थित पञ्चायत माध्यमिक विद्यालयलाई १ थान रङ्गिन प्रिन्टर सहयोग गरेको छ ।
बर्दिबास प्रादेशिक कार्यालय अन्तर्गत ईलाका प्रहरी कार्यालय ढल्केवरलाई फर्निचर सहयोग गरिएको छ । त्यस्तै धुलिखेल प्रादेशिक अन्तरगत पनौती ५ मा रहेको रुी महर्षी मुद्गल सान्दिपनी गुरुकुलमा खाद्यान्न तथा शैक्षिक समाग्री वितरण गरिएको थियो । पोखरा प्रादेशिक कार्यालय अन्तर्गत कास्की जिल्लाको हेम्जामा अबस्थित श्री बिष्णुपादुका माध्यामिक बिद्यालयमा १ थान प्रिन्टर बितरण गरिएको जनाइएको छ ।
सिदार्थनगर प्रादेशिक अन्तर्गत शाखा कार्यालय सूर्यपुराको आयोजनामा श्री सूर्यपुरा माध्यमिक विद्यालय सूर्यपुरा, रुपन्देहीमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ । कर्णाली प्रादेशिक कार्यालय अन्तर्गत चौरजहारी नगरपालिकको वडा नं ११ खोलागाँउ स्थित श्री हिमालय नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
धनगढी प्रादेशिक कार्यालय अन्तर्गत अत्तरिया– कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको सहारा घरलाई खाद्य सामग्री सहयोग गरिएको छ । संस्थाको धनगढी प्रादेशिक कार्यालय मार्फत सो खाद्यान्न सहारा घरलाई सहयोग गरिएको हो ।
२०६९ साल चैत १ गते पोखराको हेम्जामा केन्द्रीय कार्यालय स्थापना गरि सुरु भएको संस्थाले हाल ६७ जिल्लाका १४८ शाखा मार्फत करिव १ लाख ५० हजार विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका महिलाहरूमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।






Comments are closed.