पोखरा । लायन वर्ष २०२६-२७ का लागि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालको उम्मेदवार परिचय तथा फेलोसिप कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पोखराको पस्र्याङमा चैत ५ गते कार्यक्रम भएको हो ।
२०८२ चैत २१ गते हुने चौथो डिस्ट्रिक्ट कन्भेन्सनलाई लक्षित गर्दै डिस्ट्रिक्ट गभर्नर लगायतका पदका उम्मेदवारहरूको परिचय कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख तथा लायन्सका पिडिजी धनराज आचार्यले लायन्स क्लब सामाजिक सेवामा समर्पित संस्था भएकाले पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
उनले लायन्सका पदाधिकारीहरूलाई आफ्नो काम, कर्तव्य र जिम्मेवारीप्रति सचेत रहन आग्रह गर्दै आगामी नेतृत्वलाई सर्वसम्मत रूपमा निर्वाचित गराउन अपिल गरे ।
यसै अवसरमा डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार रत्नप्रसाद पराजुलीले आगामी वर्षको थिम ‘मानवताका लागि एकता’ रहेको जानकारी दिए ।
कार्यक्रममा डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार रत्नप्रसाद पराजुली, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार किशोर बराल र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार बलराम सुबेदीले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारहरूले आफ्ना प्रतिबद्धता र योजनाहरू प्रस्तुत गरे ।
त्यसैगरी कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर धनीराम बराल, मल्टिपल ३२५ का काउन्सिलर चेयरपर्सन मिलन थापा, पिएमसीसी दीपक श्रेष्ठ, पिडिजी गिरधारी शर्मा, मल्टिपल कोअर्डिनेटर पिडिजी भीमलाल पौडेल, लायन्स क्लब अफ पोखरा हेल्पफुल हेण्डका अध्यक्ष यज्ञबहादुर नेपाली, जोन चेयरपर्सनहरू बिष्णु श्रेष्ठ (तनहुँ) र माधव पाण्डे (वालिङ), क्याबिनेट अफिसर रामचन्द्र पोखरेल तथा चौथो डिस्ट्रिक्ट कन्भेन्सनका कन्भेनर गीता शर्मा चापागाईं लगायतले आआफ्नो धारणा राखेका थिए ।

लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीका वर्ष २०२५–२६ का अध्यक्ष तोयनाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा उद्देश्यबारे प्रकाश किशोर खनालले गरेका थिए ।
जिएमटी डिस्ट्रिक्ट कोअर्डिनेटर राजेश्वर आचार्यले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम सञ्चालन विकास भुर्तेलले गरेका थिए । कार्यक्रममा विभिन्न क्लस्टर, रिजन र जोन अन्तर्गतका लायन्स क्लबका पदाधिकारीहरूको सहभागिता थियो ।






Comments are closed.