काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अधिवेशन चैत २३ र २४ गते हेटौंडामा हुने भएको छ । यसैबीच महासंघको एसोसिएट उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
उनले अध्यक्षका उम्मेदवार दुर्गाराज श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिएका थिए । आफूलाई सर्वसम्मत निर्वाचित गराउन योगदान गर्ने सम्पूर्ण एसोसिएसन सदस्यहरुप्रति उनले आभार व्यक्त गरेका छन् ।
उग्रचण्डी खाद्य भण्डारका सञ्चालक कृष्णभक्त श्रेष्ठ उग्रचण्डी ग्यास उद्योग प्रा.लि.का अध्यक्ष हुन् । नेपाल स्टोन एण्ड मार्वल उद्योग प्रा.लि.का अध्यक्ष, चोभार कोल्ड स्टोर कम्पनी प्रा.लि.का सञ्चालक, हेली मेनिफ्याक्चर इन्डष्ट्रिज प्रा.लि.का अध्यक्ष लगायतको व्यावसायिक आबद्धता उनीसँग छ ।

चन्द्रागिरी उद्योग वाणिज्य संघको अध्यक्ष, नेपाल कोल्ड स्टोर संघको अध्यक्ष, एलपि ग्यास उद्योग संघ नेपालको अध्यक्ष लगायतको जिम्मेवारी उनले बहन गरिरहेका छन् ।






Comments are closed.