काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी भएका छन् । ५१४ मत ल्याएर पाण्डे अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिष्पर्धी आङदोर्जी लामाले ४१३ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन्।
महासंघको नीतिगत उपमहासचिवमा मंगल शाही रआन्तरिक उपमहासचिवमा र सन्तोष शाह विजयी भएका छन्। कोषाध्यक्षमा उज्ज्वल गौतम र सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।





Comments are closed.