पवनलाई अन्तर्राष्ट्रिय अवार्ड

तनहुँ । दमौली खबर दैनिकका सम्पादक दमौली एफएम ९४.२ का स्टेशन इन्चार्ज पवन पौडेलले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । नेदरल्यान्डको राजधानी एम्स्टर्डममा सम्पन्न विश्व युवा सम्मेलनमा नेपालबाट सहभागी पौडेलले उत्कृष्ट अवार्ड पाएका हुन् ।

सृजनशील युवा मञ्चका अध्यक्ष समेत रहेका पौडेलले कार्यक्रममा दिएको विचार र मिडिया सामग्रीका आधारमा उत्कृष्ट अवार्ड दिएको सम्मेलनको आयोजक युथ टाइमको जुरी समितिकी संयोजक युलिया गतस्ताइनले अवार्ड समारोहमा घोषणा गरिन् । उनलाई अवार्डका साथमा आगामी सम्मेलनमा सहभागिताको अवसर मिलेको छ ।

विश्वभरका ३५ देशका ६५ सहभागी मध्ये उत्कृष्ट सहभागी सम्मेलन ६ दिनसम्म चलेको थियो । सम्मेलनमा परिवर्तित समयमा समानुपातिक विकास र नयाँ उन्नत आधुनिक प्रविधिको बारे चर्चा भएको थियो । सो अवसरमा विश्वभरका युवाका आधुनिक प्रविधिमा आधारित योजना प्रस्तुत गरिनुका साथै केहीलाई आयोजकले अनुदान दिने घोषणा गरेको छ ।

You might also like

Comments are closed.