काठमाडौं । नेपाल स्टक ब्रोकर एशोसिएसनको प्रतिनिधिले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेटघाट तथा छलफल गरेका छन् । सो क्रममा एशोसिएसनले विभिन्न मासहित अर्थमन्त्री डा वाग्लेलाई ज्ञापनपत्र पनि बझाएको छ ।
नयाँ सरकार बनेपछि बजारमा पनि नयाँ आशा र अपेक्षा धितोपत्र दलाल व्यवसायी र लगानीकर्तामा रहेको र धितोपत्र दलाल व्यवसायीले अनेकौ समस्या व्यहोर्दा व्यहोर्दै पनि दोश्रो बजार प्रति आफ्नो कर्तव्य र दायित्व बहन गर्दै आएकोे बताइएको छ । धितोपत्र दलाल व्यवसायीले औंल्याएकासमस्या समधान गर्दा समग्र पूँजीबजारको समस्या हल हुने र पूँजीबजारमा लगानीकर्ताहरुको मनोबल बढ्ने व्यवसायीको विश्वास रहेको छ, ज्ञापनपज्ञमा भनिएको छ ।
पूँजीबजार सुधार कार्यदलले दिएका कार्यन्वयन हुन बाँकी सुझावहरु अविलम्ब कार्यन्वयन गर्न अनुरोध, बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा पूँजीबजार प्रवेश र बाहिरिन सक्ने व्यवस्था अविलम्ब लागू गरिनु पर्ने तथा हाल खरिद गरेको सेयर ६ महिनाको अवधि पश्यच्यात मात्रै विक्री गर्न व्यवस्था रहेको, गैर आवसिय नेपाली नगरिकलाई पनि दोस्रो बजारमा सहज रुपमा सेयर कारोबार गर्ने व्यवस्था अविलम्ब गरिनुपर्ने एशोसिएसनको माग छ ।
यसै बजेटमार्फत पूँजीगत लाभकरलाई अन्तिम कर हो भनि प्रष्ट पार्नुपर्ने, बजारमा हाल साना लगानीकर्ताहरुको मनोबल बढाउनको लागि सरकारी संस्थानहरुमा विभिन्न कोषका नाममा रहेको रकमलाई दोस्रो बजामा लगानी गर्न सहजरुपमा लगानी गर्ने बातबरण बनाइनु पर्ने एशोसिएसनका महासचिव भक्तिराम घिमिरेले बताए ।
बजारले धितोपत्र हस्तान्तरणको पूर्ण ग्यारेन्टी दिन नसकेको परिप्रेक्ष्यमा बिक्री गरी धितोपत्र हस्तान्तरण गर्न नसक्दा सिधै क्लोज आउटमा लगिने व्यवस्थाले लगानीकर्ता मारमा पर्ने भएकाले यसलाई समाधान गर्न अक्सन मार्केटको यथाशिघ्र शुरुवात गरिनुपर्ने लगायतका बुदा ज्ञापन पत्रमा समेटिएका छन् ।
त्यसैगरि सेटलमेन्ट ग्यारेन्टि फण्डको प्रयोगको लागि २०७५ सालमा विनियमावली र २०७९ सालमा कार्यविधि बनेको र सो कार्यविधि विगत लामो समयदेखि कार्यन्वयनमा आउन नसकेको कारण नियामक निकायलाई आवश्यक निर्देशन दिन समेत एशोसिएसनले आग्रह गरेको छ ।






Comments are closed.