काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २५औं वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा देशभर बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
बैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षण सेवा च्द्य म्ष्बनलयकतष्अ मार्फत प्रदान गरिएको थियो। शिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलस्ट्रोल, यूरिक एसिड लगायतका निस्शुल्क चेकजाँच तथा बिज्ञ डाक्टरबाट निःशुक्ल परामर्श प्रदान गरिएको थियो। २ दिने यस शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन्।
यससँगै कम्पनीले ७ वटै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ। कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५, जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौँमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन भएको छ ।
किनकि, जीवन अमूल्य छ१ को नारालाई आत्मसात् गर्दै सम्पूर्ण नेपाली भविष्य सुरक्षित, सुनिश्चित र सुनौलो बनाउने अभिभारा बहन गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देशकै अग्रणी जीवन बीमा कम्पनी हो, जसले करिब ३० प्रतिशत सम्मको बजार हिस्सा ओगट्दै आएको छ। विगत २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारहरूको विश्वास जित्दै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९,००० भन्दा बढी अभिकर्ताहरूको सशक्त सञ्जाल मार्फत सेवा प्रदान गर्दै आएको छ।
वार्षिकोत्सबको यस विशेष अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संचालक समितिका अध्यक्ष तथा संचालकहरु, शेयरधनी , ग्राहक, अभिकर्ता, कर्मचारीहरु, नियामक निकायका साथै सरोकारवालामा धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन्। साथै, आगामी दिनमा पनि कम्पनीले यसरी नै सबैको माया, विश्वास र सहकार्य पाउने अपेक्षा रहेको बताए ।






Comments are closed.