बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं ।  बिहीबारको आज शुक्रबार पनि सुनचाँदीको मूलय बढेको छ । शुक्रबार सुन प्रतितोला  १ हजार ३ सय रुपैयाँ र चाँदी  १२० रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य ५ हजार २७५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६सय रुपैयाँ र चाँदी ५ हजार १५५ मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ५० मा खरिदबिक्री भएको थियो  ।
You might also like

Comments are closed.