काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित शंखमुल (दोभान पुल नजिकै) अत्याधुनिक सेवा सुविधाहरू सहितको ‘बोस फिटनेस स्टुडियो’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । स्टुडियोको एक विशेष समारोहका बीच सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष सरोज ढकालले रिबन काटेर समुद्घाटन गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले व्यस्त जीवनशैलीका कारण मानिसहरूमा बढ्दै गएको स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न फिटनेस सेन्टरहरूको भूमिका महत्वपूर्ण हुने बताए । ‘स्वस्थ नागरिक नै देशको सम्पत्ति हो । मलाई विश्वास छ, बोस फिटनेसले यस क्षेत्रका बासिन्दाहरूलाई अनुशासित र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्दै स्वस्थ समाज निर्माणमा ठूलो योगदान पु¥याउनेछ,’ उनले भने ।
बानेश्वर वडा नम्बर ३१ को मुख्य सडकको पहुँचमा रहेको यस फिटनेस स्टुडियोमा पर्याप्त पार्किङको व्यवस्था गरिएको सञ्चालक मनोज श्रेष्ठले जानकारी दिए । ठूलो र खुल्ला स्पेशमा फैलिएको स्टुडियोमा सरसफाई र स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिइएको उनले जानकारी दिए । ‘हाइजेनिक वातावरण र आधुनिक उपकरणहरूले गर्दा यहाँ आउने सदस्यहरूले स्तरीय अनुभव प्राप्त गर्न सक्नेछन्’, उनले भने ।

बोस फिटनेस स्टुडियोका सञ्चालक श्रेष्ठले पछिल्लो समय मानिसहरू आफ्नो स्वास्थ्यप्रति निकै सचेत हुन थालेकाले नै फिटनेस स्टुडियो सञ्चालनमा ल्याइएको जानकारी दिए । श्रेष्ठका अनुसार जिम जाने संस्कृति केवल शरीर बनाउन मात्र नभई मानसिक स्फूर्ति र दीर्घकालीन स्वास्थ्यका लागि आवश्यक भइसकेको छ ।
जिम तथा कार्डियो, साउना र स्टिम, मार्सल आट्र्स, ग्रुप क्लास लगायतका सेवा उपलब्ध छन् । बानेश्वर र शंखमुल क्षेत्रका स्वास्थ्यप्रेमीहरुका लागि यो स्टुडियो एक उत्कृष्ट गन्तव्य बन्ने सञ्चालक श्रेष्ष्ठको अपेक्षा छ । हाल सञ्चालनको अवसरमा स्टुडियोले विशेष छुटका प्याकेजहरू समेत ल्याएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।






Comments are closed.