गलत आरोप लगाइएको भन्दै एमएडब्लु समूहको ध्यानाकर्षण, भ्रममा नपर्न आग्रह (विज्ञप्तिसहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता नं. ६३८४ मार्फत एमएडब्लु समूह विरुद्ध भन्सार छली, भ्याट छली र कर छलीका आरोपहरू लगाइएको र उक्त आरोपहरु झुट रहेको यो समूहले दावी गरेको छ । ती सम्पूर्ण आरोपहरू कुनै पनि ठोस तथ्य, प्रमाण वा कानुनी आधार विहीन रहेको समूहले विज्ञप्ति मार्फत जनाएको छ ।

‘उजुरीको भरमा मात्र उद्योगी र व्यवसायीलाई दोषी ठहर गरी मिडिया ट्रायल गर्नु मुनासिब छैन र यसबाट व्यवसायीहरू हतोत्साहित हुन्छन्, मनोबल घट्छ र व्यवसाय गर्ने वातावरणमा दूरगामी नकारात्मक प्रभाव पर्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ एमएडब्लु समूहले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ :

प्रेस विज्ञप्ती

एमएडब्लु समूहविरुद्धका सम्पूर्ण आरोप तथ्यहीन, भ्रामक र दुर्भावनापूर्ण

कुनै ठोस तथ्य वा प्रमाणविहीन उजुरीका आधारमा मिडिया ट्रायल नगर्न आग्रह

काठमाडौं, २९ बैशाख

मिति २०८३ बैशाख २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता नं। ६३८४ मार्फत एमएडब्लु समूहविरुद्ध भन्सार छली, भ्याट छली र कर छलीका जुन आरोपहरू लगाइएका छन्, ती सम्पूर्ण आरोपहरू कुनै पनि ठोस तथ्य, प्रमाण वा कानुनी आधारविहीन छन् । उक्त पत्र सम्माननीय प्रधानमन्त्रीज्यू र उहाँको टिमलाई दिग्भ्रमित पार्न तथा कम्पनीको व्यापार–व्यवसायलाई जानाजानी क्षति पु¥याउने दुर्भावनापूर्ण उद्देश्यले लेखिएको हो ।

उजुरीको भरमा मात्र उद्योगी र व्यवसायीलाई दोषी ठहर गरी मिडिया ट्रायल गर्नु मुनासिब छैन र यसबाट व्यवसायीहरू हतोत्साहित हुन्छन्, मनोबल घट्छ र व्यवसाय गर्ने वातावरणमा दूरगामी नकारात्मक प्रभाव पर्छ ।

भन्सार छलिको आरोप तथ्यहीन

एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा।लि।ले फोटोन ब्रान्डका इभी सवारीसाधनहरू अन्तर्राष्ट्रिय मान्यताअनुसार सही एचएस कोडमा घोषणा गरी भन्सार कार्यालयबाट आवश्यक जाँचपास गराएर र भन्सार कार्यालयले निर्धारण गरेको सम्पूर्ण महसुल तिरेर पूर्णतः नियमानुसार आयात गर्दैआएको हो ।

आर्थिक वर्ष २०८०।०८१ मा यसरी नियमानुसार आयात गरिएका इभीहरूलाई महालेखापरीक्षकको कार्यालयले अन्य एचएस कोडमा वर्गीकरण गरी बेरुजु उठान गरेको थियो – यो भन्सार छली होइन, प्रशासनिक बेरुजु हो । बेरुजुलाई फौजदारी अपराधजस्तो गरी प्रस्तुत गर्नु सर्वथा अनुचित र भ्रामक छ ।

उक्त बेरुजुको सम्बन्धमा कम्पनीले सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन ९ण्ण्डद्द९ध्इ९ण्ज्ञठढ० दायर गरेको छ । अदालतले मिति २०८२।०५।०८ मा भन्सार कार्यालयको पत्राचार कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश ९स्टे अर्डर० जारी गरेको छ, जुन हाल पनि कायमै रहेको छ । न्यायालयमा मुद्दा विचाराधीन रहेकै अवस्थामा भन्सार छलीजस्तो गम्भीर फौजदारी आरोप लगाउनु र यसलाई अतिरञ्जित तरिकाले प्रसारण गर्नु न्यायिक प्रक्रियामाथिको प्रत्यक्ष हस्तक्षेप हो ।

उल्लेखनीय छ कि यस प्रकारका बेरुजुको समस्या केवल हाम्रो कम्पनीमा मात्र सीमित नभई यस्ता सवारीसाधन आयात गरी विक्री गर्ने समग्र आयातकर्ता उद्योगले भोगिरहेको साझा समस्या हो ।

मोरङ अटो वक्र्सका सम्बन्धमा सत्यतथ्य जानकारी

वि।सं। २०६७ को प्रतिवेदनसँग जोडिएको भ्याट छलीको आरोपका सम्बन्धमा– मोरङ अटो वक्र्सले आफू पीडित हुँदाहुँदै पनि आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले आ।व। २०६७।०६८ मा निर्धारण गरेको अन्तिम र संशोधित कर निर्धारण आदेश बमोजिम सम्पूर्ण कर, ब्याज र जरिवाना समेत तिरी फछ्र्यौट गरिसकेको छ र कुनै पनि आर्थिक दायित्व बाँकी छैन ।

साथै, आरोप पत्रमा ‘कम्पनी बन्द रहेको’ भन्ने दाबी सर्वथा असत्य र भ्रामक छ । मोरङ अटो वक्र्स बन्द नभई हाल पनि अस्तित्वमै रहेको छ ।

एमएडब्लु समूहः कानून, कर र राष्ट्रसेवाप्रति प्रतिबद्ध

एमएडब्लु समूहका सम्पूर्ण कम्पनीहरू नेपालको प्रचलित कानून र साधिकार नियामक निकायको नियमनमा रही आर्थिक कारोबार गर्दैआएका छन् । भ्याट, आयकर लगायत सम्पूर्ण कर दायित्व समयमै तिर्दैआएको छ र कुनै पनि फौजदारी दायित्व आकर्षित हुने कार्यमा कम्पनी संलग्न छैन ।

एमएडब्लु समूह नेपालमा सर्वाधिक कर तिर्ने कम्पनीहरूमध्येको एक हो र विभिन्न सरकारी निकायबाट पटकपटक सम्मानित तथा पुरस्कृत भइआएको छ । आर्थिक वर्ष २०७९।०८० र २०८०।०८१ मा लगातार दुई वर्ष सेवा व्यवसायतर्फ सर्वाधिक आयकर दाखिला गर्ने कम्पनीको रूपमा एमएडब्लु हायर पर्चेज प्रा।लि।लाई आन्तरिक राजस्व कार्यालय, बिराटनगरबाट विशेष सम्मान प्राप्त भएको छ ।

कम्पनीले स्थापनाकालदेखि हालसम्म नेपालको यातायात क्षेत्रलाई आधुनिकीकरण गर्न विश्वस्तरीय नवीन प्रविधियुक्त सवारीसाधनहरूको विक्री–वितरण गर्दै स्वदेशी बजारको माग पूरा गर्नुका साथसाथै स्वदेशी लगानी र उत्पादन क्षमता बढाउन उल्लेखनीय योगदान गर्दैआएको छ । देशभर ५ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी प्रदान गर्दै र राज्यलाई आ।व। २०८१÷८२ मा साढे ११ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउँदै राष्ट्रिय अर्थतन्त्रलाई गतिशील राख्न महत्वपूर्ण योगदान पु¥याएको छ ।

एमएडब्लु समूह नेपालको अग्रणी अटोमोबाइल तथा व्यापारिक समूह हो, जसले स्थापनाकालदेखि नेपालको यातायात क्षेत्रमा विश्वस्तरीय सवारीसाधनहरूको आयात, विक्री तथा वितरण गर्दैआएको छ ।

You might also like

Comments are closed.