नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । यही जेठ ९ गने हुने संघको पाँचौ साधारणसभा तथा निर्वाचन हुँदैछ ।

निर्वाचन कार्यक्रम अन्तर्गत मतदाता नामावली प्रकाशन जेठ ३ गते साँझसम्म प्रकाशन हुनेछ । मतदाता नामावली उपर दावी बिरोध जेठ ४ गते बिहान ११ बजेसम्म गर्न सकिने प्रमुख निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिए ।

उम्मेदवार मनोनयन दर्ता जेठ ६ गते १० बजेदेखि ३ जबेसम्म तय गरिएको छ । उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन जेठ ६ गते साँझ ५ बजे हुनेछ ।

उम्मेदवार उपर दावी बिरोध ७ गते बिहान ११ बजेसम्म गर्न सकिनेछ । उम्मेदवारी फिर्ता जेठ ८ गते बिहान ११ बजेसम्म गर्न सकिनेछ । मतदान जेठ ९ गते दिउसो ३ बजेबाट सुरु हुनेछ । मतदान सम्पन्न भएसँगै मतगणना गरिने पौडेलले जानकारी दिए । संघको साधारणसभा जेठ ९ गते यल्लो पेगोडा होटलमा हुनेछ ।

You might also like

Comments are closed.