एनटिएचएमसीमा ‘ट्रेन द ट्रेनर’ विशेष तालिम सुरु

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन र यहाँको मौलिक हस्पिटालिटी (आतिथ्यता)लाई जोगाइराख्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

पोखरा छिनेडाँडामा रहेको नेपालको पहिलो होटलम्यानेजमेन्ट कलेज एनटिएचएमसीमा आयोजित होटल व्यवसायी तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूका लागि ‘पाँच दिने विशेष ‘ट्रेन द ट्रेनर’  विषयक ५ दिने विशेष तालिमको प्रमुख अतिथि रहेका मेयर आचार्यले यस्तो बताएका हुन् । मेयर आचार्यले पोखराको पर्यटनलाई केवल परम्परागत रूपमा मात्र नभई समयसापेक्ष र व्यावसायिक ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

मेयर आचार्यले सैद्धान्तिक ज्ञान (प्रिन्सिपल) सँगसँगै व्यावहारिक ज्ञान र यहाँको भूगोल सुहाउँदो पर्यटनको विकास हुनुपर्ने बताए । “तालिम दिनेले सिद्धान्तका कुरा गर्नुहोला, तर हाम्रो रियालिटी, हाम्रो भूगोल र हाम्रो सोसियो(इकोनोमिक परिस्थितिलाई बुझेर मात्र हामीले यस क्षेत्रको सुधार गर्न सक्छौं,” उनले भने । पोखरा तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा न्यानो आतिथ्यता ९ध्बचm ज्यकउष्तबष्तिथ० का लागि चिनिने उल्लेख गर्दै उहाँले यो शाखलाई बचाइराख्नु होटल व्यवसायीहरूको मुख्य जिम्मेवारी रहेको स्मरण गराए । पोखरालाई नेचर (प्रकृति), कल्चर (संस्कृति) र एडभेन्चर (साहसिक पर्यटन) को संगमका रूपमा चिनाउँदै यी तीनै कुरालाई एकसाथ अगाडि बढाउन होटलहरूले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै मेयर आचार्यले नेपालबाहिर विभिन्न देशमा होटल म्यानेजमेन्ट र पर्यटन क्षेत्रमा अध्ययन तथा काम गरिरहेका नेपाली जनशक्ति र पोखराकै कलेजहरूबाट उत्पादित जनशक्तिलाई पोखरामै टिकाइराख्ने वा फर्काउने वातावरण बनाउनुपर्ने धारणा राखे । पोखरामा हाल करिब ५० हजार बेड क्षमता पुगिसकेको अवस्थामा नयाँ वर्ष र केही विशेष सिजनमा मात्र नभई वर्षैभरि पर्यटक भित्र्याउने रणनीतिको आवश्यक रहेको उनले बताए ।

पर्यटन उद्योग कुनै निश्चित समय वा घण्टामा बाँधिएर नहुने भन्दै मेयर आचार्यले जुनसुकै परिस्थितिमा पनि तुरुन्त सेवा दिनका लागि पर्यटन व्यवसायीहरू सधैं तयार र अनुकूल हुनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मणिराज लामिछानेले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिसकिएको अवस्थामा अब यहाँका गतिविधिहरू पनि अन्य प्रदेशका लागि उदाहरणीय हुनुपर्ने बताए ।

गुणस्तरीय तालिम र स्वीस हस्पिटालिटीको महत्त्वस् स्वीस हस्पिटालिटी ९क्धष्कक ज्यकउष्तबष्तिथ० विश्वभर नै उच्च गुणस्तरका लागि प्रख्यात रहेको उल्लेख गर्दै निर्देशक लामिछानेले नेपालका धेरै पर्यटन व्यवसायी र जनशक्ति तालिमका लागि स्विट्जरल्याण्ड वा अस्ट्रिया जान लालायित हुने गरेको स्मरण गराए। काठमाडौको गेट , सिल्भर माउन्टेन जस्ता कलेजहरूले सोही पाठ्यक्रम अनुसार उत्कृष्ट शिक्षा दिइरहेको र गेट कलेजको एउटा शाखा पोखरामा पनि रहेकाले यहाँका व्यवसायीहरू यसको गुणस्तरसँग परिचित रहेको उनले बताए।

तालिमलाई कार्यस्थलमा उतार्ने चुनौतीस् पाँच दिनको यो सघन ९क्ष्लतभलकभ० तालिम निकै महत्त्वपूर्ण रहेको बताउँदै उनले सहभागी सबैजना पर्यटन क्षेत्रको नेतृत्वदायी भूमिकामा भएकाले यहाँ सिकेका कुराहरूलाई आफ्ना आ-आफ्ना प्रतिष्ठान र होटलहरूमा व्यावहारिक रूपमा लागू गर्न आग्रह गरे।

नवीनतम कार्य र नेतृत्वदायी सोचस् “पोखरा पर्यटनको राजधानी भइसकेकाले अब हामीले केवल परम्परागत नभई सधैँ नयाँ र रचनात्मक  कामहरू गर्नुपर्छ,” निर्देशक लामिछानेले भने, “हामीले गरेका राम्रा कामहरू हेरेर बाँकी छ वटै प्रदेशले सिकून् भन्ने हिसाबले हामी अगाडि बढ्नुपर्छ।”

तालिम स्थल र कलेजको प्रशंसास् नेपालको पहिलो पर्यटन कलेज ‘नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज’ ९ल्त्ज्ःऋ० को प्रगतिको प्रशंसा गर्दै उनले तालिमका लागि यो कलेजले उपलब्ध गराएको वातावरण र हस्पिटालिटी ‘फोर स्टार’  स्तरको रहेको भन्दै खुसी व्यक्त गरे।

तालिम आयोजना गरेकोमा स्वीस कन्ट्याक्ट र स्वीस हस्पिटालिटीप्रति आभार प्रकट गर्दै निर्देशक लामिछानेले आगामी दिनमा पर्यटन क्षेत्रमा जहाँ-जहाँ कमि-कमजोरी वा समस्याहरू छन्, त्यहाँ पर्यटन बोर्डले व्यवसायीहरूसँग मिलेर सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए।

एनटिएचएमसी का अध्यक्ष अशोक पालिखेले पोखराको पर्यटन र हस्पिटालिटी क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि दक्ष जनशक्ति उत्पादन गर्न कलेजमा ‘ट्रेन द ट्रेनर’  कार्यक्रमको सुरुवात गरिएको बताए । स्वीस कन्ट्याक्ट र संसारकै प्रसिद्ध होटल म्यानेजमेन्ट कलेज ‘एसएचएल लुजानी’ सँगको सहकार्यमा कलेजले विशेष तालिम आयोजना गरेको बताए ।

पाँच दिने सघन तालिमको मुख्य उद्देश्य पर्यटन क्षेत्रका लागि ‘ट्रेनर’  तयार पार्नु हो। यहाँबाट उत्पादित प्रशिक्षकहरूले आगामी जुलाई महिनामा पोखरा र यस क्षेत्रका होटलहरूमा कार्यरत करिब ५०० जना कर्मचारीहरूलाई हस्पिटालिटी, फ्रन्ट डेस्क लगायतका विभिन्न विधामा विशेष तालिम प्रदान गर्नेछन्, जसले यहाँको सेवाको गुणस्तरलाई उल्लेख्य रूपमा बढाउनेछ।

तालिमका लागि एनटिएचएमसी नै रोजिनुको कारणस् कलेजको उपयुक्त शैक्षिक वातावरण र भौतिक पूर्वाधारका कारण विदेशी विज्ञहरूले तालिमका लागि यस कलेजलाई छनोट गरेको अध्यक्ष पालिखेले स्पष्ट पारे। “यो कुनै व्यक्तिको निजी कलेज नभएर समुदायको कलेज (सामूहिक कलेज) भएकाले पनि उहाँहरूले यसलाई प्राथमिकता दिनुभएको हो,” उनले भने । कार्यक्रमका लागि आएका एसएचएलका प्राध्यापक जोर्डन  लगायतका विज्ञ टोलीले कलेजको हस्पिटालिटी र वातावरणलाई ‘फोर स्टार’ सरहको भनी प्रशंसा गरेको उनले जानकारी दिए।

दिगो पर्यटन र जनशक्तिको आवश्यकतास् पोखराको पर्यटनलाई थप आकर्षित बनाउन र गुणस्तर कायम राख्न प्रशिक्षित जनशक्तिको विकल्प नरहेको उहाँले औंल्याए। कार्यक्रममा पोखराका विभिन्न होटलका महाप्रबन्धक र सिनियर म्यानेजरहरूको सहभागिता रहेको छ, जसमा पोखराका अतिरिक्त स्याङ्जाका वेलनेस टुरिजमका प्रतिनिधिहरू समेत सामेल भएका छन् ।

अध्यक्ष पालिखेले पोखरा महानगरपालिकाका मेयरले आगामी बजेटमा होटल म्यानेजमेन्ट कलेजहरूसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएकोमा खुसी व्यक्त गर्दै, गुणस्तरीय पर्यटन विकासका लागि तालिम र दक्ष जनशक्ति नै मुख्य जग भएको कुरामा जोड दिए ।

एनटिएचएमसी का प्रिन्सिपल प्रकाश रेग्मीले पोखराको पर्यटन क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउनका लागि रणनीतिक नेतृत्व र दिगो व्यवस्थापनको आवश्यकता रहेको बताए । उनले कलेजको २७ वर्षको इतिहासमा यो तालिम एक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

तालिमको महत्त्व र ‘ट्रेनर’ उत्पादनस् यो कार्यक्रम पोखरा र गण्डकी प्रदेशकै पर्यटन विकासका लागि महत्वपूर्ण रहेको बताउँदै उहाँले कलेजका तर्फबाट यसमा जोडिन पाउनु गौरवको विषय भएको उल्लेख गरे। यस तालिमबाट उत्पादित प्रशिक्षकहरूले आगामी दिनमा पोखराका अन्य होटल व्यवसायी र कर्मचारीहरूलाई प्रशिक्षित गर्नेछन्। साथै, स्वीट्जरल्याण्डको प्रतिष्ठित कलेज ‘एसएचएल’ सँगको यो सहकार्यले अन्तर्राष्ट्रिय स्तरमा समेत सकारात्मक सन्देश जाने उनको भनाइ थियो।

रणनीतिक व्यवस्थापन र बजारको मागस् “अब होटल चलाउने कुरामा मात्र सीमित नभई समग्र समाज र बजारको माग  अनुसार पर्यटनलाई कसरी अगाडि बढाउने भन्ने रणनीतिक सोच आवश्यक छ,” प्रिन्सिपल रेग्मीले भने, “हामीले होटलमुखी हस्पिटालिटी मात्र नभएर पर्यटकमुखी हस्पिटालिटी ९त्यगचष्कत म्चष्खभल ज्यकउष्तबष्तिथ० मा काम गर्नुपर्छ र यसका लागि व्यवसायीहरूको क्षमता विकास हुनु जरुरी छ।”

सन् १९०९ देखि आतिथ्य व्यवस्थापन ९ज्यकउष्तबष्तिथ ःबलबनझभलत० मा विशिष्ट पहिचान बनाएको एसएचएल का तर्फबाट मुख्य प्रशिक्षक जोर्डनले होटल व्यवसायमा दिगो रणनीति निर्माण, मार्केटिङ तथा सेल्स, जोखिम व्यवस्थापन र नेतृत्व क्षमता विकास जस्ता विषयमा प्रशिक्षण दिइने जानकारी गराए ।

समारोहमा पोखरा पर्यटन परिषदका प्रथम उपाध्यक्ष हरि भुजेल, होटल एशोसियसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, सागर चापागाइँ, नवराज अधिकारी,पोखरा महा नगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया, विनोद न्यौपाने, विष्णु कुमार मल्ल, यूनिकोम र होटल एसोसिएसनका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रमको सञ्चालन कलेजका इक्जाम कन्ट्रोलर शुरेसराज अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.