काठमाडौं । स्थानीय बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजका २ लाख ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आजका लागि ५ हजार ८५ रुपैयाँ निर्धारण भएको छ । रासस





Comments are closed.